• Saturday 25th of July 2026

जापानमा भूकम्प


  • गोकर्णेश्वर अनलाइन

टोकियो, १३ मङ्सिर (रासस/सिन्ह्वा) : जापानको उत्तरपूर्वी इलाकामा रहेको तटीय क्षेत्रमा शुक्रबार ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ । यद्यपी यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सूचना जारी गरिएको छैन । तटीय इलाका सनरिकुमा स्थानीय समयानुसार शुक्रबार अपराह्न १ बजेर १ मिनेटमा सो भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पका कारण कुनै धनजनको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology