• Saturday 25th of July 2026

सभापति देउवाद्वारा दुःख व्यक्त


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाग्लुङमा जीप दुर्घटनामा परी १४ को मृत्यु, तीन गम्भीर घाइते र एकजना खोलाले बगाएर हराएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । गुल्मीबाट बाग्लुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप आज भीमगिठेमा दुर्घटनामा परेको हो । यही मङ्सिर ११ गते अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको बस सन्धिखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनाको पीडा रहेकै बेला आज बाग्लुङमा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनेगरी भएको दुःखद् घटनाले सिङ्गो मुलुकलाई नै शोकमग्न बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले पछिल्लो समय यस्ता सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गरेर यस्ता घटनाहरुलाई नियन्त्रण गर्न÷गराउनसमेत सरकारको ध्यानाकृष्ट गराउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology