• Saturday 25th of July 2026

सुरक्षा कारबाहीमा बीस आतङ्ककारी मारिए


  • गोकर्णेश्वर अनलाइन

ओवागाडोगुगु, १८ मङ्सिर ( रासस /सिन्ह्वा) : अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । यसअघि आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका थिए । दक्षिण अफ्रिकी यस देशमा सन् २०१५ यता भएका आक्रमणहरुमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसमा २०० सशस्त्र सैनिक रहेका जनाइएको छ । आतङ्ककारी आक्रमणको कारण हजारौं व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology