• Saturday 25th of July 2026

मङ्गोलियालाई एडिबीको सहयोग


  • गोकर्णेश्वर अनलाइन

उलान बटोर, २० मङ्सिर (रासस/सिन्ह्वा) – एसियाली विकास बैंक (एडिबी) ले मङ्गोलियामा दुई वटा परियोजना सञ्चालनका लागि करिब १६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । एडिबीले बिहीबार जारी गरेको विज्ञप्तिमा यो ऋणबाट मङ्गोलियामा वायू प्रदुषण रोकथाम गर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने सरकारको योजनामा मद्दत पुग्नेछ । मङ्गोलियाका लागि एडिबीका निर्देशक पावित रामचन्द्रनले राजधानी उलान बटोरको वायूको गुणस्तरमा निकै सुधार भए पनि शहरमा मानिसको स्वास्थ्य समस्या निकै जटिल रहेको बताउनुभयो । एडिबीले मङ्गोलियाका लागि उपलब्ध गराएको यो दोस्रो ऋण सहयोग हो । उलान बटोरमा करिब ८ लाखको बसोबास छ । नगरमा खानेपानी, विद्युत र ढल जस्ता आधारभूत सुविधाको निकै कमी छ । स्थानीयबासीले पर्याप्त विद्युतको अभावमा कमजोर गुणस्तरको कोइला र मटितेल बाल्ने गर्दछन् जसका कारण घरभित्र र बाहिरको वातावरण निकै प्रदूषित रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology