• Saturday 25th of July 2026

कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए


  • गोकर्णेश्वर अनलाइन

२३ मङ्सिर ( रासस ÷सिन्ह्वा) : अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता नसरत रहिमीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । उप गृहमन्त्री जनरल खोशाल सदातले गर्नु भएको निरीक्षणको क्रममा विद्रोहीहरुको मुख्य अखाडा पनि ध्वस्त भएको बताउनु भएको रहिमीले जानकारी दिनुभयो । सो क्षेत्रमा सशस्त्र विद्रोहीहरू रहेसम्म त्यो कारबाही जारी रहनेछ । कारबाहीको क्रममा सुरक्षाकर्मीहरु हताहत भए नभएको भने प्रवक्ताले प्रष्ट गर्नु भएको छैन । काबुलबाट ३५ किलोमिटर पश्चिममा पर्ने वार्दाक प्रान्तको प्रान्तीय राजधानी मैदान सारमा सक्रिय रुहेका तालिबानी आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology