• Saturday 25th of July 2026

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए


  • गोकर्णेश्वर अनलाइन

अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिनुभयो । क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । शनिबार विहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी अरु दुई सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology