• Saturday 25th of July 2026

नेप्सेमा झिनो सुधार


  • गोकर्णेश्वर अनलाइन

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२६ विन्दुले बढेर एक हजार १५५.३७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.२४ विन्दुले ओरालो लागेको छ । नेप्से सामान्य बढे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १६७ कम्पनीको आठ लाख ४० हजार ६७७ कित्ता शेयर रु २७ करोड ९२ लाख ४४ हजार १३५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ १.५९, होटल १२.७५, वित्त ०.२५, उत्पादन ४.७५ विन्दुले घटेको छ । यस्तै व्यापार १५.८४, विकास बैंक ५.०३, जलविद्युत् ०.२९, निर्जीवन बीमा ३८.७५, अन्य २.२९, लघुवित्त ९.८८, जीवन बीमा ४६.५८ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ । कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ ।

सो बैंकको रु तीन करोड ४६ लाख २८ हजार ६४३ बराबरको कारोवार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ५० लाख ७४ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड २२ लाख २४ हजार ५९४, नेपाल बैंक लिमिटेड रु एक करोड १४ लाख , एनआइसी एशिया बैंक रु एक करोड ४१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल फाइनान्स कम्पनीका शेयरधनीले ९.६८ प्रतिशतले कमाउँदा आँधीखोला लघुवित्त वित्तीय संस्था ६.९२, स्पर्श लघुवित्त वित्तीय संस्था ५.०३, आशा लघुवित्त वित्तीय संस्था ४.२२, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी ४.१८ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ३.९१ प्रतिशतले कमाएका छन् ।

यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.८९, नेपाल सेवा लघुवित्त ५.६८, आँखु खोला जलविद्युत् कम्पनी ४.८३, हिमालयन पावर पार्टनर ४.१९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.७५ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३.५७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology