• Saturday 25th of July 2026

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । दुर्घटना भएर यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएका मध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन् । बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्युन रहेको खोजी तथा उद्धारमा सङ्लग्न एक प्रहरीको भनाइ छ । घटनामा परी घाइते भएका मध्ये अरु १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन् । दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो । दुर्घटना भएका बेला बसमा ५४ यात्रु रहेका थिए । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology