• Saturday 25th of July 2026

भवन आगलागीमा छ व्यक्तिको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

१४ पुस (रासस÷सिन्ह्वा) : चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकामा रहेको एक भवनमा भएको आगलागीमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । चोङ्गकिङको फुलिङ जिल्लमा रहेको सो भवनमा स्थानीय समयानुसार सोमबार बिहान ७ ः५५ मा आगलागी शुरु भएको सो जिल्लामा रहेको सार्वजनिक विभागले जानकारी दिएको छ । सो आगलागीको कारण अनुसन्धारत रहेको जनाइएको छ । यस आगलागीमा परी के कति व्यक्ति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology