• Sunday 26th of July 2026

नक्कली सुनसहित दुई पक्राउ


  • गोकर्णेश्वर अनलाइन

नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई नयाँबसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलोग्राम नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology