• Monday 27th of July 2026

घुस लिएको अभियोगमा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology