• Monday 27th of July 2026

केशोर र बयरको माग बढ्दै


  • गोकर्णेश्वर अनलाइन

महोत्तरीसहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा ती मीठो फलको माग बढेको हो । सरस्वतीको पूजामा ती फल देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्पराले रही आएको छ । किसान अहिले केशोर खन्न, खनिएको फल धुन र बजार पु¥याउन व्यस्त देखिएका छन् । जिल्लाको बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरक्षेत्रमा व्यावसायिकरूपमा खेती गरिदैँ आइएको छ । बयरखेती गर्ने किसान पनि अहिले बयर टिप्न र बजार पुरयाउन व्यस्त छन् । “ बिहीबार नै श्रीपञ्चमी पर्व छ, बुधबार नै माग गरिएका ठाउँमा सामग्री पुरयाइदिनपर्छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका बयरखेती गरेका किसान दीपनारायण चौधरी थारूले भन्नुभयो, “के गरौँ बाबु, बयर बिक्ने बेला यही हो, पछि यसको खोजी खासै कसैले गर्दैनन् ।” बयरखेती खासै नफस्टाए पनि बिघौँबिघा केशोरखेती गर्ने किसानचाहिँ प्रशस्त छन् ।

बर्दिवास– ६, ७, ८, ९ , १२ र १३ मा केशोर मुख्य खेतीकै रुपमा गर्ने गरिएको छ । नदीउकास जग्गाको बलौटे माटो भएको खेतबारीमा राम्रो फस्टाउने खेती भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रमा गरेको देखिन्छ । वसन्तपञ्चमीमा बढी माग हुने गरेकाले अहिले खन्ने चटारो परेको बर्दिवास–७ का किसान पुष्प पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology