• Monday 27th of July 2026

टिपरले किचेर युवकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो । मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology