• Saturday 25th of July 2026

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

अफगानिस्तान, २१ माघ (रासस-सिन्ह्वा) – अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ । प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिनुभयो । उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताउनुभयो । तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहनु भएको थियो । उहाँको नेतृत्वमा गाउँमा प्रतिरोध समूह गठन गरिएको थियो । सन् २००१ मा अमेरिकी आक्रमणबाट तालिबानको सरकार पतन भएसँगै तालिबान समूहले सशस्त्र हिंसात्मक आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology