• Saturday 25th of July 2026

बीपीको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो


  • गोकर्णेश्वर अनलाइन

लन्डन, २१ माघ (रासस-एएफपी) – बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो । सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो । लामो समयदेखि कम्पनीको प्रमुख कार्यकारीमा सेवा गरेका डड्लीले यही कारण पद पनि गुमाउनु परेको छ । गत वर्षको अक्टोबरमै बीपीमा कार्य गरिरहेका बर्नार्ड लूनीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिने घोषणा गरिएको छ । डड्लीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा करिब १० वर्षको कार्यकाल समाप्त गरेर आफू विदा हुन लागेको बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology