• Saturday 25th of July 2026

अफगानिस्तानमा सैनिक कारबाहीमा १८ लडाकूकको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

अफगानिस्तान, २५ माघ (रासस-सिन्ह्वा) – अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमान्डर सहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ । कारबाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दीन समेतका अरु दर्जनौं लडाकू घाइते भएका छन् । उक्त सैनिक कारबहीमा लडाकू बिमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ । दर्जनौं गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारबाहीका क्रममा चार जना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ । उक्त कारबाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology