• Sunday 26th of July 2026

रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएनः वकिल


  • गोकर्णेश्वर अनलाइन

आसुनसिओन, २६ फागुन (रासस/एएफपी) – ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गर्नु भएको छ । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उहाँका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन् । उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । वकील क्वीरोजले भन्नुभयो, “रोनाल्डिन्होले कुनै अपराध गर्नु भएको छैन किनभने उहाँलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उहाँलाई पनि थाहा थिएन ।”

पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उहाँप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् । रोनाल्डिन्हो र उहाँका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुग्नु भएको थियो । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उहाँका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology