• Monday 27th of July 2026

बसमा आगजनी


  • गोकर्णेश्वर अनलाइन

दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पालले बताउनुभयो । आगलागीबाट गाडीको ‘बडी’ जलेर नष्ट भएको छ । गाडीमा भएको आगजनीलाई प्रहरीले बुधबार राति पौने १२ बजे नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology