• Monday 27th of July 2026

चीनको सहयोग रसुवालाई


  • गोकर्णेश्वर अनलाइन

कोभिड –१९ नियन्त्रण र रोकथाममा सहयोग पु-याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग नियन्त्रणमा प्रयोग हुने १५ प्रकारका सामग्री जिल्लालाई प्रदान गरेको हो । ती सामग्रीमा पिपिई एक सय, डिस्पोजेवल गाउन एक सय, आई प्रोटेक्सन गगल्स एक सय, डिस्पोजेवल हेड कभर दुई सय, एन ९८ मास्क चार सय, डिस्पोजेवल मास्क एक हजार, स्यानिटाइजर ८०, इन्फारेट थर्माेमिटर चौध, सर्जिकल ग्लोव (पञ्जा) आठ सय, स्किन अल्कोहल स्प्रे पचास वटा छन् । यस्तै डिसइन्फेक्एयन्ट लिक्विड ५०० मिलिलिटरको साठी, दुई दशमलव पाँच लिको दश बोतल र २५ केजीको दुई व्याग, स्प्रे चार बोतल एवं ७५ प्रतिशत मेडिएल अल्कोहल ५०० मिलिलिटरको पाँच बोतल रहेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भटृराईले जानकारी दिनुभयो ।

चिकित्सा सामग्री नेपालको उत्तरी नाका रसुवागढीको मितेरीपुलबाट चीनको स्वशासित क्षेत्र तिब्बत, जिलोङ काउण्टी (केरूङ क्षेत्र हेर्ने प्रशासन) ले प्रजिअ भण्डारीलाई हस्तान्तरण गरेको बताइएको छ । जिल्लालाई प्राप्त ती सामग्री रसुवामा निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्षमा राखिएको छ । यसै गरी कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउन रसुवाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले पनि व्यक्तिगत रूपले जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री सहयोग गर्नु भएको छ । सांसद आचार्यबाट प्राप्त सामग्रीमा पिपिई ३५ थान, डिस्पोजेवल मास्क पाँच हजार, सर्जिकल ग्लोब अर्थात् पञ्जा तीन सय पचास एवं स्यानिटाइजर १४ वटा रहेको सहायक प्रजिअ भटृराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology