• Monday 27th of July 2026

प्रधानमन्त्री जोन्सन दोस्रो रात पनि सघन उपचार कक्षमा


  • गोकर्णेश्वर अनलाइन

लन्डन, २६ चैत (रासस–एएनआई) – कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा भर्ना हुनु भएको थियो । अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको छ । समाचार अनुसार प्रधानमन्त्री जोन्सनलाई अझै भेन्टिलेटरमा राखिएको छैन ।

मंगलबार प्रधानमन्त्रीका प्रवक्ताले प्रधानमन्त्री जोन्सनले स्वास्थ्य अवस्था स्थिर रहेको र उहाँ निकै उत्साहित रहेको बताउनु भएको थियो । बेलायतका विदेश मन्त्री डोमिनिक राबले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीलाई उत्कृष्ट स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको र सघन उपचार कक्षमा राखिए पनि श्वासप्रश्वासमा ठूलो समस्या नरहेको बताउनु भएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा सबै आवश्यक कार्यहरु गर्न प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री राबलाई जिम्मेवारी सुम्पनु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology