• Monday 27th of July 2026

डेनमार्कमा विद्यालयहरु खुल्न थाले


  • गोकर्णेश्वर अनलाइन

कोपेनहेगन, ३ वैशाख (रासस–एएफपी) – नयाँ कोरोनाभाइरसका कारण डेनमार्कमा एक महिनादेखि बन्द रहेका विद्यालयहरु बुधबारदेखि खुल्न थालेका छन् । युरोपमै विद्यालय खोल्ने डेनमार्क पहिलो देश हो । पहिलो चरणमा नर्सरी, शिशु कक्षा र प्राथमिक विद्यालयहरु शुरु भएका छन् । कोविड–१९ महामारीका कारण डेनमार्क सहित युरोपका धेरै देशमा मार्च १२ तारिखदेखि विद्यालयहरु बन्द भएका थिए । तर पहिलो चरणमा डेनमार्कका आधाभन्दा बढी नगरपालिकाहरु र कोपेनहेगनका करिब ३५ प्रतिशत शैक्षिक संस्थाहरुमात्र खुलेका छन् । अन्य स्थानमा भने स्थानीय स्वास्थ्य अवस्थालाई विचार गरी क्रमैसँग विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले जनाएको छ । सबै विद्यालय अप्रिल २० तारिखसम्ममा खुलिसक्ने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology