• Tuesday 28th of July 2026

यात्रु बोकेको एम्बुलेन्स नियन्त्रित


  • गोकर्णेश्वर अनलाइन

जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्स र चालक डम्बरबहादुर सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो । लकडाउनका अवधिमा जिल्लामा २६५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology