• Tuesday 28th of July 2026

किरियापुत्रीलाई ल्याइयो सिमानाबाट घरमा


  • गोकर्णेश्वर अनलाइन

भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दैआउनुभएको थियो । क्वारेन्टाइनको बसाइकैक्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उहाँलाई काजकर्मका लागि घरमा ल्याइएको हो । स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले सङ्घीय सरकार र भारत उत्तर प्रदेश सरकारसंँग समन्वय गरी धनीश्वर र उनका छोरालाई लिएर आएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology