• Tuesday 28th of July 2026

कटुवा पेस्तोलसहित तीनजना पक्राउ


  • गोकर्णेश्वर अनलाइन

धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जङ्गलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology