• Tuesday 28th of July 2026

बलात्कारको आरोपमा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । चौधरीले आफ्नै सहयोगी एक बालिकालाई अनैतिक कार्य गरेको लिखित उजुुरी आएपछि मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो । जबर्जस्ती करणी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत गौरले सात दिनको म्याद दिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

चौधरी इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको र अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ परीक्षणसमेत भइसकेको इलाका प्रहरी कार्यालय विजयपुरले जानकारी दिएको छ । पीडित बालिका केही महिनाको गर्भवतीसमेत रहेको स्वास्थ्य परीक्षणबाट जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology