• Tuesday 28th of July 2026

कार्यकारी निर्देशकमा डा गौतम


  • गोकर्णेश्वर अनलाइन

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उहाँलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड सदस्य डा अधिकारीले बताउनुभयो । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । बोर्ड सदस्य डा अधिकारीका अनुसार उहाँले आजै शपथग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology