दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नेपाल ५० नम्बर हेडक्वाटर दार्चुलाबाट सुरक्षाकर्मी व्यास जाँदै । सरकारले व्यासको सीमा सुरक्षाको लागि सशस्त्रको नयाँ विओपी राख्न लागेको हो । त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै सशस्त्रको बीओपी स्थापना हुने भएपछि स्थानीयवासी खुसी छन् । तस्वीरः नरेन्द्रसिह कार्की÷रासस
