• Saturday 25th of July 2026

मन्त्री पुनद्वारा एक करोड ११ लाख, ११ हजार १११ बराबरको आर्थिक सहयोग हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निजी क्षेत्रमार्फत प्राप्त रु एक करोड करोड ११ लाख, ११ हजार १११ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गर्नुभएको छ । मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकामा पठाउने कार्य शुरु गर्न सुझाव दिनुभयो । सचिव बिडारीले हालसम्म कोषमा रु दुई अर्ब २६ करोड जम्मा भइसकेको जानकारी दिनुभयो ।

उहाँले माग भई आएको अवस्थामा कोषबाट पालिकामा रकम पठाउन सकिने बताउनुभयो । हालसम्म केही पालिकाले मौखिकरुपमा रकम माग गरेको भन्दै उहाँले तालुकदार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत कोषको रकम माग गर्न सक्ने स्पष्ट गर्नुभयो । महामारीबाट कम प्रभावित र आन्तरिक स्रोत परिचालन गर्न सक्ने पालिकाका लागि कम र अतिप्रभावित तथा आन्तरिक स्रोत कम भएका पालिकाका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइने उहाँको भनाइ थियो । सङ्घीय सरकारले पालिकाले क्वारेन्टाइन निर्माण, क्यारेन्टाइनमा राखिएकाको खानपिन तथा उपचारका लागि आफूसँग मौज्दात रकमबाटैै खर्च गरे पनि पछि भुक्तानी दिइने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology