• Tuesday 28th of July 2026

नेपाली सेनाको शव लिन जहाज ट्युनिसिया तर्फ


  • गोकर्णेश्वर अनलाइन

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उहाँको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ । एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको सो जहाज ओमानको मस्कट, इजिप्टको कायरो हुँदै साँझ ट्युनिसियाको राजधानी ट्युनसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । भोलिपल्ट शुक्रबार उताबाट फर्कंदा मस्कट, कायरो र दुबई हुँदै काठमाडौँ अवतरण गर्नेे छ । श्रीले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै कम्पनीको जहाजले गत वैशाख १२ गते सिङ्गापुरबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology