• Monday 27th of July 2026

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित


  • गोकर्णेश्वर अनलाइन

१० जेठ (रासस–एएनआई) : भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१ पुगेको छ । त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ७२० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology