• Monday 27th of July 2026

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन


  • गोकर्णेश्वर अनलाइन

१० जेठ (रासस÷एपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिनुभएको छ । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिनुभएको हो । चर्चहरुलाई उहाँले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गर्नुभएको छ । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उहाँले सूचित गर्नुभएको छ ।“सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन््, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,” पत्रकार सम्मेलनमा ट्रम्पले भन्नुभयो । राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् ।

उहाँले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आउनु भएको छ । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उहाँले प्रेरित गर्दै आउनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सूचारु गर्नु पर्नेमा ट्रम्को जोड रहेको छ । उहाँले लामो समयसम्म बन्द गर्दा सवै तिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उहाँको भनाई छ । राष्ट्रपति ट्रम्पको निर्देशनपछि उहाँको निर्देशनलाई पछ्याउदै देशको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ ।

निर्देशिकामा न्युन संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदीको प्रयोग गर्नु पर्ने लगायतका सर्तहरु पनि उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाग हुन नदिन पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology