• Wednesday 29th of July 2026

भरुवा बन्दुकसहित दुई जना पक्राउ


  • गोकर्णेश्वर अनलाइन

भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उहाँका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology