• Monday 27th of July 2026

सरकारले लकडाउनको पालना गराउन नसकेको राहुल गान्धीको आरोप


  • गोकर्णेश्वर अनलाइन

१३ जेठ (रासस÷एएनआई) : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाउनुभएको छ । उहाँले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आउनुभएको छ । यसैक्रममा मङ्गलबार पनि उहाँले सरकारले लागू गरेको लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाउनुभएको हो । आज सम्वाददाताहरुसँग गरेको अन्तरक्रियाका क्रममा उहाँले सो आरोप लगाउनुभएको हो । उहाँले भारतमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र त्यसमा सरकारको काम प्रभावकारी हुन नसकेको पनि बताउनुभयो ।

उहाँले भन्नुभएको थियो – यो लकडाउन किन र केका लागि गरिएको हो भन्ने उद्देश्य पनि प्राप्त हुन सकेको छैन, दिन प्रतिदिन विरामीहरु बढ्दै छन् र यो सबै सरकारले घोषणा गरेको लकडाउनको नीति बमोजिम काम हुन नसकेर हो । उहाँले भारतले चार चरणको लकडाउन पनि पार गरेको र यो अवधिमा खासै उपलब्धि हुन नसकेको भन्दै अब सरकारले अघि सार्ने रणनीति के हो भन्ने कुरा भारतीय जनताले जान्न चाहेका छन् भन्नुभयो । पहिले प्रधानमन्त्रीले चार चरणको लकडाउनबाट सबै ठीक हुन्छ भनेको भए पनि अहिले भारतमा सोचेभन्दा पनि बढीको दरमा कोरोनाका संक्रमितहरु बढिरहेकोले अब सरकारले के नीति बनाउँछ भन्ने बारेमा हेर्न भारतीय जनता आतुर रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology