• Wednesday 29th of July 2026

महँगा विद्युतीय गाडीलाई छुट नदिइने


  • गोकर्णेश्वर अनलाइन

अर्थमन्त्री डा युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथिको छलफलके प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उहाँले सार्वजनिक यातायातलाई प्रश्रय दिने सकारको नीति रहेको स्पष्ट गर्दै विद्युतीय गाडीका कतिसम्म मूल्यका गाडीलाई कर छुट दिने भन्ने बहसको विषय भएको बताउनुभयो ।

स्वास्थ्य सामग्री खरीदमा अनियमितता र उपलब्धताबारे सोधिएका प्रश्नमा मन्त्री डा खतिवडाले त्यस प्रकारको प्रक्रियाबमोजिम नै खरीद गरिएको र केही जिम्मेवारी नेपाली सेनालाई पनि दिइएको जनाउनुभयो । बैठकमा डा मीनेन्द्रप्रसाद रिजाल, भरतकुमार शाह, पुष्पा भुसाल, हरिराज अधिकारी, प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, तेजुलाल चौधरी, मानबहादुर विश्वकर्मा, सुरेशचन्द्र दास, कृष्णबहादुर राईलगायतले थप प्रश्न सोध्नुभएको थियो ।

यो पनि हेर्नुहोस :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology