• Monday 27th of July 2026

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

पेरिस, २० जेठ (रासस–एएफपी) – महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् । संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology