• Wednesday 29th of July 2026

सशस्त्र प्रहरीद्वारा लागुऔषध पक्राउ


  • गोकर्णेश्वर अनलाइन

ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान बाराको विश्रामपुर गाउँपालिका–३ स्थित खुदियाटोलाबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प (बिओपी) बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायणसिंह ऐरी नेतृत्वमा खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आइरहेका अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित विश्रामपुर –३ मुसहर्वा बस्ने १८ वर्षीय धनञ्जय यादवलाई पक्राउ गरेको हो ।

अभियुक्त यादवका साथबाट लागुऔषध नाइट्रोजेपान ६०० थान र बाइन करेक्स १४७ बोतल बरामद भएको सशस्त्र प्रहरी बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यक कानूनी कारवाहीका लागि यादवलाई नेपाल प्रहरीसमक्ष बुझाइएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology