• Monday 27th of July 2026

जेलमुक्त भएका तालिबानहरु फेरि युद्धमैदानमा जानसक्ने चिन्ता


  • गोकर्णेश्वर अनलाइन

२८ जेठ (रासस÷एएफपी) : अफगानिस्तानका विभिन्न जेलबाट मुक्त गरिएका लडाकूहरु फेरि पनि युद्धमैदानमा जान सक्ने अनुमान गर्न थालिएको बताइएको छ । अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ । तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्न भनेका छन् । तालिबान संगठनको यो पहिलो शर्तका लागि सरकार पनि तयार भएको छ । सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ । तर पनि यो तयारीसँगै हजारौँ जना बाहिर निस्किने ती लडाकूहरु फेरि लडाईँको मैदानमा नै जाने र अफगान तालिबानलाई सहयोग गर्नसक्ने चिन्ता भने सरकारलाई रहेको छ ।

सुरक्षा निकायहरुले पनि यस विषयमा व्यापक रुपमा चासो लिएको पाइएको छ । सुरक्षा अंगहरुले ती लडाकूहरुले पछि जेलबाट निस्किएपछि फेरि तालिबानको युद्धमा सहभागी त हुदैनन् भनेर पनि विचार गरिरहेका छन् । त्यसैले उता सरकारले ती लडाकूहरुलाई रिहा गर्ने तयारी गरिरहेका बेला यता सुरक्षा निकायहरुले पनि उच्च सुरक्षा सतर्कता अपनाएको बुझिएको कतिपय समाचारहरुमा जनाइएको छ । अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा भएको सम्झौताबमोजिम तालिबानहरु पनि शान्ति वार्तामा आउने भएका हुन् । उनीहरुकै मागअनुसार अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी थालेको बताइएको छ । तर अमेरिका भने पछिल्लो समयमा तालिबानहरुको शान्तिवार्ताप्रतिको इमान्दारितामा प्रश्न गर्न थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology