• Wednesday 29th of July 2026

राखियो मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा


  • गोकर्णेश्वर अनलाइन

नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा आज सो स्थानमा नक्सा राखिएको हो ।

Government unveils new political map including Kalapani, Lipulekh ...

सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सो अवसरमा सांसद बुढाथोकीले राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology