• Wednesday 29th of July 2026

कैलालीका थप पाँच स्थानमा सशस्त्र प्रहरीको बिओपी स्थापना


  • गोकर्णेश्वर अनलाइन

कैलालीको सीमाक्षेत्रका थप पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएका छन् । बङ्गराकटान, जुगेडा, खोनपुर, हिक्मतपुर र श्रीलङ्का टापु बिओपी स्थापना गरिएका हुन् । जिल्लामा अब बिओपीको सङ्ख्या नौ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको छ । १०१ किलोमिटर खुला सिमाना रहेको जिल्लामा लकडाउन अवधिमा सशस्त्र प्रहरी परिचालन गरी सीमा सुरक्षा हुँदै आएको छ । जिल्लाका पाँच स्थानमा बिओपी थप गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले जानकारी दिनुभयो । बिओपी स्थापना भएसँगै सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रण गर्न थप बल पुग्नुका साथै त्यस क्षेत्रका नागरिकको सुरक्षाको भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology