• Monday 27th of July 2026

गोली हानाहानमा सात तालिबानी लडाकू मारिए


  • गोकर्णेश्वर अनलाइन

२ असार (रासस÷सिन्हवा) : अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताउनु भएको छ । मङ्गलबार बिहान सबेरै भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकूहरु भागेका तर सात जनाको शव भने घटना स्थलमा फेला परेको बताइएको छ । तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् । छिमेकमा पर्ने सङ्गीन जिल्लामा सोमबार यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology