• Wednesday 29th of July 2026

पहिरोले स्कुल बगायो


  • गोकर्णेश्वर अनलाइन

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमासमेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । स्थानीयका अनुसार स्थानीय रेन्जिङ तामाङको घर छेऊबाट पहिरो झरेको थियो । पहिरो गएको क्षेत्रमा तापेथोक प्रहरी चौकिबाट प्रहरीको टोली गएको तथा पहिरोले पारेको क्षतिको विस्तृत वितरण भने आउन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology