• Monday 27th of July 2026

कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको भनाई


  • गोकर्णेश्वर अनलाइन

९ असार (रासस÷एएनआई) : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा ती आतंककारी मारिएको बताएका छन् । सो क्षेत्रमा भारतीय सेना र प्रहरीको संयुक्त सुरक्षा फौजले सो कारबाही गरिरहेको बताइएको छ । मङगलबार भएको सो कारबाहीमा दुई जना आतंककारी मारिएका र एकजना भारतीय सेनाका सदस्य घाइते भएका बताइएको छ ।

जम्मुस्थित भारतीय प्रहरी पोष्टले दिएको जानकारीअनुसार भारतीय सेनाले घाइते सैनिकको उद्धार गरी अस्पतालसम्म पुर्याएको जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजमाथि गरेको आक्रमणको प्रतिकारको क्रममा ती आतंककारी मारिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले मारिएका ती आतंककारीको साथबाट शक्तिशाली हतियार पनि बरामद गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology