• Monday 27th of July 2026

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा म्यानमारलाई ३५ करोड डलरको आपतकालीन कोष उपलब्ध गराउने


  • गोकर्णेश्वर अनलाइन

अन्तर्राष्ट्रिय मुद्रा कोषले म्यानमारलाई कोभिड–१९ महामारीका कारण सिर्जना भएको आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न ३५ करोड ६० लाख ५० हजार अमेरिकी डलरको ऋण सहायता उपलब्ध गराउने भएको शुक्रबार जानकारी गराइएको छ । दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारमा कोरोनाभाइरसको महामारीका कारण अर्थतनत्रमा परेको प्रभावसँग जुझ्नका लागि उक्त ऋण सहयोग गरिएको कोषले जानकारी गराएको छ ।

“म्यानमारमा कोरोनाभाइरस महामारीका कारण पर्यटन व्यवसाय तथा विप्रेषणबाट हुने आम्दानीमा व्यापक गिरावट भएको जसका कारण आपूर्तिको श्रृङ्खला नै अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै ऋण सहयोगको व्यवस्था गरिएका हो,” अन्तर्राष्ट्रिय मुद्रा कोषका उप–महानिर्देशक मित्सुहिरो फुरूसावाले एक विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ । कोषले महामारीबाट प्रभावित बनेको म्यानमारको अतिआवश्यक क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्ने तथा विकास साझेदारहरूलाई सहयोगमा भूमिका खेल्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology