• Monday 27th of July 2026

विश्वविद्यालयस्तरको पढाइमा बौद्धिक परिवारका बालबालिकामा दवाव बढी : अध्ययन


  • गोकर्णेश्वर अनलाइन

विश्वविद्यालयको अध्ययनका शिलशिलामा सामान्यभन्दा बौद्धिक परिवारका बालबालिकामा अध्ययनबारे अनावश्यक बढी दवाव रहने गरेको देखिएको छ । स्विीडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राहरूको कपालको विश्लेषण गरेर यो पत्ता लगाएको हो । अध्ययन लेखक बर्न विश्वविद्यालयका प्राध्यापक अलेक्स बर्ट«म्स र रुहर विश्वविद्यालय बोचमका (आरयूबी) का नीना मिङ्कलेको समूहले गरेको अध्ययनको निष्कर्ष हो । उक्त अध्ययनले विद्यार्थीहरू आफ्नो डिग्री नराख्ने हो भने उनीहरूको परिवारको सामाजिक प्रतिष्ठा खतरामा पर्नसक्ने भन्दै उनीहरूले सामान्यभन्दा बढी तनाव लिने गरेको देखिएको छ । तनावपूर्ण अवस्थामा, शरीरले ‘हर्मोन कोर्टिसोल’को बढ्दो मात्रा जारी गर्दछ, जुन बढ्दो कपालमा पनि देखिन्छ ।

यदि बढ्दै गरेको कपालमा लामो समयसम्म ‘हर्मोन कोर्टिसोल’को स्तर उच्च रहन्छ भने कुनै व्यक्तिमा बढी तनाव रहेको मान्न सकिन्छ अनुसन्धानको निष्कर्षमा भनिएको छ । उक्त अनुसन्धान टोलीले विभिन्न ७१ व्यक्तिलाई अध्ययन परीक्षणका लागि नमूना बनाएको थियो । यसमा किशोरीहरूले विश्वविद्यालयको अध्ययन शुरू गरेपछिका केही समयमा कपालमा ‘हार्मोन कोर्टिसोल’को मात्रालाई आधार बनाएर अशिक्षित तथा शिक्षित परिवारका सदस्यमा हुने तनावबारे अध्ययन भएकोे हो । “एकमात्र समावेशी मापदण्ड यो हो कि आफ्नो पहिलो सेमेस्टर शुरू गरेका छात्राहरूको कपाल लामो भएको थियो,” आरयूबीका नीना मिङ्कलेले व्यवहारिक जीवविज्ञान र जीव विज्ञान अनुसन्धान समूहको निष्कर्षबारे व्याख्या गर्नुभयो ।

“हामीले लगभग महिलालाई मात्र अनुसन्धानको दायरामा राख्यौँ तर अनुसन्धानका लागि कोही पनि सोही उमेर समूहका पुरुषहरू समावेश नगर्ने निर्णय गर्यौं किनकि महिलाहरूको एकै प्रकारको नमूनाको अध्ययनबाट नतिजालाई थप विश्वशनीय बनाउने हाम्रो उद्देश्य थियो,” मिन्कलेले थप्नुभयो । सहभागीहरूले अनुसन्धान टोलीलाई प्रत्येकको टाउकाको किनाराको पातलो कपाल अनुसन्धानका लागि लिइन्थ्यो । प्रतिमहिना कपाल एक सेन्टिमिटर बढ्ने भएकोले अनुसन्धानकर्ताहरूले सेमेस्टरको शुरूदेखि छ हप्ता मा बढेको कपालको पछिल्लो डेढ सेन्टिमिटर भागको परीक्षण गरेका थिए । इसबाहेक सहभागीहरूलाई दिइएका प्रश्नावलीको जवाफ ती छात्राहरूको अभिभावकहरूको शैक्षिक पृष्ठभूमिको बारेमा जानकारी प्रदान गरेको बताइउको छ । उनीहरूलाई विश्वविद्यालयमा अध्ययनका क्रममा उनीहरूले विषयगत रूपमा महसुस गरेको तनावको बारेमा पनि सोधिएको थियो ।

अध्ययनबाट यो पत्ता लाग्यो कि शिक्षित परिवारका पहिलो सेमेस्टरका विद्यार्थीहरूका कमसेकम एक अभिभावकले विश्वविद्यालयबाट उच्च शिक्षा हाँसिल गरेका थिए । तर त्यस्ता अभिभावकका सन्तानले गैर–शिक्षित परिवारका विद्यार्थीहरूको तुलनामा उच्च तनाव रहेको अध्ययनबाट थाहा हुन आएको बताइएको छ । यद्यपि उनीहरूमा अन्य पक्षमा खासै फरक थिएन । उदाहरणका लागि, व्यक्तिपरक अनुभूतिका तनावका तहहरू, उस्तै थिए । अनुसन्धान टोलीले यो नतिजाको व्याख्यामा शिक्षित परिवारका महिला विद्यार्थीहरू अध्ययनको नतिजालाई लिएर बढी दबाबमा पर्ने सङ्केतहरू मिलेको थियो । शिक्षित परिवारका विद्यार्थीले आफ्नो पढाइको नतिजाले परिवारको प्रतिष्ठामा आँच आउने हुँदा नतिजा राम्रो ल्याउनका लागि दवाव रहेको अध्ययनका क्रममा सोधिएका प्रश्नावलीको उत्तरमा पनि झल्किन्थ्यो ।

यो समाजशास्त्रीय अध्ययनमा भएका निष्कर्षहरूसँग मिल्दोजुल्दो छ । अध्ययन अनुसार शिक्षाविद्का बच्चाहरूले विद्यालयको नतिजाको तुलनामा विश्वविद्यालयको नतिजा कमजोर रहने सम्भावना बढी रहने गर्छ । “अर्कोतर्फ, गैर–शिक्षित अविभावकका बच्चाहरू तनाव कम लिन्छन साथै शिक्षित परिवारका सन्तानलाई परीक्षाको नतिजामा पछाडि पार्छन्,” मिन्कलेले आफूहरूको अध्ययन प्रतिवेदनको व्याख्या गर्दै भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology