• Monday 27th of July 2026

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

रियो दी जेनेरियो, १७ असार (रासस/सिन्ह्वा) : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ । ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ ।

उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ । ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो । ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology