• Monday 27th of July 2026

वार्ताका लागि तालिबान तयार रहेको विशेष दूतको भनाई


  • गोकर्णेश्वर अनलाइन

२२ असार (रासस÷एएनआई) : अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिनुभएको समाचरमा जनाइएको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिनुभएको सो समाचारमा उल्लेख गरिएको हो । उहाँले अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउने कामका लागि आवश्यक परेको समन्वय गर्ने काममा तयार देखिएको बताउनुभएको हो । अफगानिस्तानमा शान्ति स्थापना हुन सके आर्थिक विकास हुने भन्दै उहाँले ट्वीट गरेर अफगानिस्तानमा शान्ति ल्याउने कामका लागि यहाँका जनता र तालिबानीहरु तयार रहेका आफूले पाएको बताउनुभएको हो ।

उहाँले यहाँ शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्म हुदैन भन्दै तर त्यसकालागि उनीहरु तयार रहेको पाइएको बताउनुभयो । अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो । कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology