• Friday 31st of July 2026

फुल्पिङकट्टी पहिरो : फेरि थपिएपछि त्रास


  • गोकर्णेश्वर अनलाइन

भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टी गएराति दुईपटक पहिरो गएको छ । स्थानीयबासी बुद्धि गुरुङले राति फेरि पहिरो थपिएपछि स्थानीय त्रासमा रहेको जानकारी दिनुभयो । बिहीबार फुल्पिङकट्टी गएको पहिरो परी दुई जनाको मृत्यु र एकै परिवारका अन्य तीन जना बेपत्ता भएका थिए । पहिराले घर पुरिँदा घरभित्र सुतिरहेका पाँच जना बेपत्ता भएका थिए । ती मध्ये दुई जनाको शव फेला परेको छ ।

सोह्र वर्षीया याङ्जी शेर्पा र ३५ वर्षीया निमा साङ्बु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । बिहीबार खोतलेको स्थान पूरै लेदोले पुरिएकाले खोजीकार्य शुरु गर्न गाह्रो भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology