• Friday 31st of July 2026

पहिराले भीमफेदी–कुलेखानी सडक अवरुद्ध


  • गोकर्णेश्वर अनलाइन

यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उहाँले बताउनुभयो । काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology