• Friday 31st of July 2026

रातो खोलाले बगाएर बेपत्ता


  • गोकर्णेश्वर अनलाइन

यहाँको रातो खोलाले आज एक स्थानीय व्यक्तिलाई बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार महोत्तरी जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो ।

धनुषाको जनकपुरबाट साइकलमा चढी आफ्नो घर जाँदै गरेका कापर बलवा नगरपालिका–११ स्थित भगवतीपुर र कविलासाका बीचमा पर्ने खोला सवारी साधन काँधमा राखी तर्न लागेपछि अचानक आएको बाढीले बगाई बेपत्ता भएका हुन् । कापरलाई सयौंँ स्थानीयवासी र प्रहरीको टोलीले व्यापक खोजतलास गरे पनि अझै फेला परिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology