• Saturday 25th of July 2026

सवारी नियम उल्लङ्घन : राजस्व कम सङ्कलन


  • गोकर्णेश्वर अनलाइन

भूमिसुधार तथा मालपोत कार्यालय मोरङले आर्थिक वर्ष २०७६÷७७ मा रु ६७ करोड ४६ लाख १७ हजार ८७८ राजस्व सङ्कलन गरेको छ । आव २०७५÷७६ मा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजस्व सङ्कलन गरेको थियो । तुलानात्मकरुपमा अघिल्लो आवभन्दा गएको आवमा रु चार करोड ८१ लाख ६२ हजार ६३२ ले कम राजस्व सङ्कलन भएको लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा घर जग्गा रजिष्ट्रेशन, बैंक दृष्टि, रोक्कालगायतबाट रु ४६ करोड ३३ लाख ७४ हजार नौ, पूर्जा बिक्रीतर्फ रु दुई लाख २४ हजार २५०, बेरुजु दाखिलातर्फ रु पाँच लाख ४५ हजार ५१६, पूँजिगत लाभकार रु २० करोड ९७ लाख चार हजार ६३३, न्यायिक दस्तुर रु चार लाख ८९ हजार ४५७ र अन्यबाट रु दुई लाख २० हजार १३ रहेको छ ।

कोरोनाको महामारीका कारण नेपाल सरकारले गएको चैत ११ गते घोषणा गरेको बन्दाबन्दीले धेरै समयसम्म कार्यालयमा सेवाग्राही नआएकाले मालपोत कार्यालयबाट प्राप्त हुने राजस्वमा पनि असर परेको अधिकृत श्रेष्ठले बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आव २०७६÷७७ मा रु तीन करोड १९ लाख ९५ हजार ५०० राजस्व सङ्कलन गरेको जानकारी दिएको छ । यी राजस्व सवारी नियम उल्लङ्घन गरेका कारण कारवाहीस्वरुप ट्राफिक प्रहरीले असुल गरेको छ ।

कारवाहीमा परेका १० हजार ७७० ट्रकबाट रु ६३ लाख ६६ हजार, तीन हजार ९१ बसबाट रु २२ लाख २९ हजार, जीप÷कारबाट १० हजार १७२ बाट रु ५७ लाख १८ हजार, छ हजार ५१ ट्रयाक्टरबाट रु ३७ लाख नौ हजार तथा मोटरसाइकल १९ हजार ३०४ थानबाट रु एक करोड १५ लाख ८६ हजार ५०० छन् । मादक पदार्थ सेवन गरी सवारीसाधन गुडाउँदा दुई हजार १६५ जना, नो पार्किङ स्थानमा सवारीसाधन पार्किङ गर्दा एक हजार १६१ जनासहित तीन हजार ९२१ जना कारवाही रु २३ लाख ८७ हजार जरिवाना असुल गरेको ट्राफिक प्रहरी निरीक्षक राकेश पोद्दारले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology